पार्टी अन्तरघात रोग मुक्त भए महिलाहरुलाई बढी मौका मिल्छ: देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको बताएका छन् । बिहीवार काठमाडौंमा भएको लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको कार्यक्रममा  यस्तो बताएका हुन् । उनले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भुमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने बताए । उनले महिलाहरुलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरुलाई ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरुको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने विश्वास व्यक्त गरे उनले नेपाली काँग्रेस भित्र महिलाहरुमा अन्तरघातको रोग रहेको जिकिर गर्दै पार्टीमा अन्तरघातको रोगबाट मुक्त गरेको खण्डमा महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास व्यक्त गरे । उनले  निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्न आफूसँग कुरा गरेको उल्लेख गर्दै नेपाली काँग्रेसले उठाएका उम्मेदवारहरु चुनावमा पराजय हुने भएकाले पराजय हुनेकुरालाई कसरी जित दिलाउने भन्नेतर्फ सोच्न आग्रह गरे। 
सभापति देउवाले महिला सशक्तिकरणको अभियानलाई अघि बढाउन आग्रह पनि गरे । 
 

प्रतिक्रिया