शिलान्यास गरेको १५ बर्षमा पनि बनेन रतुवा खोलाको पुल

मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा बन्न थालेको पुल १५ बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन  । नेपाल सरकारले सिमाबर्ति क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा  राखेता पनि १५ बर्ष हुदा समेत  काम भने अधुरै छ । भद्रचोक, आमबाडी, झुर्किया लगायतका  स्थानीय बर्षाको समयमा  गौरिगन्ञसम्म पुग्न कि त भारत को बाटो  भएर जानुपर्छ नभए मोरङकै उर्लाबारी दमक, हुँदै गौरीगंज सम्म पुग्नुपर्ने बाध्यता विगत १५ वर्षदेखि कायमै रहेको छ । खोलामा तटबन्ध गर्ने काम सम्पन्न भए पनि २ सय मिटर सडकको केही भागमा जलमग्न पानी भए पछि स्थानीय  ज्यानको प्रवाह नगरी खोला तर्ने गरेका छन । 
२०६५  साल मा भौतिक तथा निर्माण मन्त्री  रहदा बिजय कुमार गच्छेदार ले उक्त पुल बनाउन  शिलान्यास गरेका थिए । १५ वर्षको अबधिमा भौतिक निर्माण मन्त्री धेरै बने तर रतुवा खोलाको पुलले पुर्णता नपाएको हो । 
पुल निर्माण भए बिराटनगर देखि भद्रपुरसम्म आवत जावत गर्नको लागि सर्वसाधारण हरुले बिराटनगर ,ईटहरी, दमक  र बिर्तामोड जाने झन्झटबाट मुक्त पाउनेछन् । हुलाकी राजमार्गको बाटो आवत जावत गर्ने  छोटो र सहज हुने  स्थानीयको भनाई छ । 

प्रतिक्रिया