७२ जिल्लामा फैलियो डेंगीा, संक्रमित संख्या १२ सय नाघ्यो

देशभर डेंगी संक्रमितको संख्या १२ सय नाघेको छ । ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगी संक्रमितको संख्या पछिल्लो छ महिनाभित्रमा एक हजार २ सय ४१ पुगेको छ भने संक्रमण ७२ जिल्लामा फैलिएको छ । यो तथ्यांक २०२४ जनवरी १ देखि बुधबारसम्मको हो । महाशाखा अनुसार हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्ला बाहेकका ७२ जिल्लामा डेंगीको संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी डेंगी फैलिएका १० जिल्लामा काठमाडौंमा एक सय ४१ जना, झापामा एक सय १२ जना, चिवतनमा ७५, मकवानपुरमा ५९, डोटीमा ४७, तनँहुमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुंगामा ४१, रुपन्देहीमा २८ र भक्तपुरमा २७ जना संक्रमित भेटिएका छन् । प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा बढी बागमतीमा ४ सय २८ जना, कोशीमा २ सय ८५, गण्डकीमा १ सय ८८, लुम्बिनीमा १ सय ४८, सुदुरपश्चिममा १ सय ४०, मधेश प्रदेशमा ३४ र कर्णालीमा १८ जनामा संक्रमण देखिएको छ ।
 

प्रतिक्रिया