रुसी राष्ट्रपति पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाममा

राष्ट्रपति तो लाम र प्रधानमन्त्री फामसँग भेट गर्दै

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगेका छन्। उनको विमान बिहीबार बिहान १ बजेर ४० मिनेटमा राजधानी हनोईको नोइ बाई विमानस्थलमा अवतरण भएको बीबीसीले जनाएको छ। पुटिनलाई विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हा र कम्युनिस्ट पार्टी अफ भियतनाम (सीपीसी) केन्द्रीय समितिका प्रमुख ली होइ ट्रुङले स्वागत गरे। रुसी सञ्चारमाध्यम आरटीका अनुसार पुटिनले राष्ट्रपति तो लाम र प्रधानमन्त्री फाम मिन्ह चिनलगायत शीर्ष भियतनामी अधिकारीसँग भेट गर्नेछन्। उक्त भेटवार्तामा दुई देशबीच आर्थिक साझेदारी, व्यापार, वैज्ञानिक तथा प्राविधिक सहयोगका साथै अन्य विषयमा छलफल हुनेछ।

प्रतिक्रिया