युवा पुस्तामा निराशा मात्रै छाएको छ: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निराशा छाएको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा माग लिँदै सांसद केसीले अहिलेका युवा विद्यार्थीहरू राजनीति, राष्ट्रियता र देशप्रति निराश रहेको बताए।
उनले युवाहरुले विदेश जानुको पछाडि अरु नदेख्नुको प्रमुख जिम्मेवार सांसद राजनीतिक नेनृत्व हुन आवश्वयक रहेको बताए। सांसद केसीले प्रमुख राजनीतिक नेतृत्वले मुलुकमा राजनीति राष्ट्र र जनताको लागि नगरेर आफू र आफ्नो परिवारको लागि राजनीति मात्रै गर्दाको परिणाम अहिले लाखौं लाख युवाहरूले देश छाडेर गइरहेको बताए ।  

उनले मुलुकको अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताए। उनले बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरुले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको बताए।

प्रतिक्रिया