दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न एमालेको माग
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानहरुको भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दुग्ध किसानहरुले पाउने भुक्तानी सरकारले तत्काल उपलब्ध गराउनुपर्ने बताएका हुन् । सांसद बर्तौलाले किसानहरुले दुध बेचेको पैसा सरकारबाट २ अर्ब र निजी डेरीबाट करिव ३ अर्ब रहेको भन्दै उक्त रकम तत्काल उपलब्ध हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया