कवाड व्यवसायीमाथि प्रहरीको दमनबारे संसदमा गृहमन्त्रीको जवाफ माग

प्रतिनिधि सभा सदस्य प्रभु साहले सांकेतिक बिरोध प्रदर्शनमा उत्रिएका कवाडी व्यवसायीहरुमाथि प्रहरीको लाठी चार्जबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांकेतिक प्रदर्शनका क्रममा कवाडी व्यवसायीहरुमाथि भएको प्रहारबारे सरकारको जवाफ माग गरेका हुन् । उनले प्रहरीको लाठी चार्जका कारण मंगलवार बानेश्वरमा आन्दोलनका क्रममा ५० जना घाइते भएको र एक दर्जन बढी गम्भीर घाइते भएको बताए । 

सांसद अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरुमाथि सरकारले दमन गरेको बताएका छन् ।  मधसी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रंगभेदको आन्दोलन शुरु हुने खतरा देखिएको उनको भनाई छ । सांसद सिंहले आन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइतेहरुको निःशुल्क उपचारको माग समेत गरे । सांसद सिंहले काठमाडौंलाई रणमैदान बनाउन खोजिएको हो भन्दै गृहमन्त्रीसँग प्रश्न समेत गरेका छन् । 


 

प्रतिक्रिया