कांग्रेसबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुखलाई महामन्त्री थापाको ११ बुँदे निर्देशन

असार १० भित्र अनिवार्य रूपमा बजेट पेस गर्न आग्रह

नेपाली कांगेसका महामन्त्री गगन थापाले आफ्ना पालिका प्रमुख–उपप्रमुखलाई पार्टीसँग समन्वय गरेर वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न ११ बुँदे निर्देशन दिएका छन् । पार्टीको स्थानीय समितिबाट जनप्रतिनिधिले समन्वय नगरेको गुनासोपछि महामन्त्री थापाले पालिका प्रमुख र उपप्रमुखलाई परिपत्र जारी गरेका हुन् । पार्टीको स्थानीय कार्यसमितिसँग अनिवार्य रूपमा समन्वय गर्न गरी मतदातासँग गरेको वाचा प्राथमिकतामा राखेर बजेट बनाउन पालिका प्रमुख र उपप्रमुखलाई गत जेठ  ३२ मा परिपत्र पठाएको महामन्त्री थापाको भनाइ छ । उनले बजेटका प्रक्रियागत कानुनी व्यवस्थाअनुसार असार पहिलो साताभित्र नीति तथा कार्यक्रम पेस गर्न र १० असारभित्र अनिवार्य रूपमा बजेट सभामा पेस गर्न पनि उनीहरूलाई निर्देशन दिएका छन् । 

प्रतिक्रिया