ठाउँ खालि गर्ने १५ दिने सूचनापछि पशुपति क्षेत्रका स्थानीयहरु आन्दोलित
पशुपति क्षेत्र विकास कोषले १५ दिने सूचना जारी गरी ठाउँ खालि गर्ने सूचना जारी गरेपछि पशुपति क्षेत्रका स्थानीयहरु आन्दोलित भएका छन् । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका लागि अधिग्रहणमा परेको जग्गाका जग्गाधनीहरुलाई ठाउँ खाली गर्न १५ दिने सूचना जारी गरेसँगै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । कोषले बस्ती स्थानान्तरण गर्ने भनेपनि जग्गा उपलब्ध नगराएको काठमाडौं महानगरपालिका वडा नम्बर ८ तीलगंगा क्षेत्रका स्थानीहरुले बताएका छन् ।
तीलगंगामा घरजग्गा अधिग्रहणमा परेका भण्डारी, बिसेटहरुलाई कोषको पूर्व नीतिअनुसार उमाकुण्ड क्षेत्र र गोठाटार क्षेत्रमा घडेरी उपलब्ध गराउने भनी २०७१ साल असार १ गते निर्णय गरेको भएपनि हालसम्म जग्गा उपलब्ध गराउन सकेको छैन । असार १ गते कोषले ठाउँ खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।
प्रतिक्रिया