गृहमन्त्री लामिछानेले जथाभावी सरुवा आतंक फैल्याएको भन्दै कांगे्रस नेता केसीको आपत्ति

१७ पटक प्रहरी र ६६ जना सिडियो परिवर्तन गरेको जिकिर

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाएका छन् । आज प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । सांसद केसीले प्रहरी ऐन विपरित प्रहरीहरुको जथाभावी सरुवा किन गर्नुप¥यो ? भनि गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे । गृह मन्त्रालयको सय दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरुको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरिह बनाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।  गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सिडियोहरुलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको उनको आरोप थियो ।
सांसद केसीले प्रहरी भित्रको चेन अफ कमाण्डलाई आफ्नो लाचार छायाँ बनाउने काम नगर्न पनि गृहमन्त्री लामिछानेलाई सचेत गराए । 
 

प्रतिक्रिया