रफाहमा हमासका करिव आधा सेनालाई पराजित गरेको इजरायली सेनाको दाबी

इजरायलको सेनाले गाजाको रफाहमा हमासका करिव आधा सेनालाई पराजित गरेको दाबी गरेको छ । रफाहमा ४० दिनभन्दा बढी समयदेखि लडिरहेको १६२ औं डिभिजनका सैनिकहरूले सहरमा करिव ५५० लडाकूहरूलाई मारेका र २२ इजरायली सैनिकहरूले लडाइँमा ज्यान गुमाएका बताइएको छ । रफाहमा चार हमास बटालियनहरू मध्ये दुई पराजयको कगारमा छन् । थप दुईवटा बटालियनहरू विरुद्ध जमीनी लडाईहरू अझै जारी रहेको बताएको छ । इजरायली सेनाले गाजा र इजिप्टको बीचमा रहेको सम्पूर्ण क्षेत्रलाई फिलाडेल्फी करिडोर भनेर चिनिने सेनाका अनुसार सञ्चालनात्मक नियन्त्रण प्राप्त गरेको छ । करिव २ सय टनेल शाफ्ट र २५ टनेल रुटहरू, केही इजिप्ट जाने र तस्करी गतिविधिका लागि प्रयोग हुने आशंकामा रहेका छन् ।।
 

प्रतिक्रिया