मनसुनी प्रणाली सुस्त हुँदा देशभर फैलिन अझै एक साता लाग्ने

नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली देशभर सक्रिय हुन सकेको छैन । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षात् भइरहेको छ । मनसुन पश्चिमतिर बिस्तारको क्रममा रहेपनि निक्कै सुस्त रहेको छ । सङ्घीय राजधानी काठमाडौँ आइपुग्न अझै केही दिन लाग्ने मौसमविदको भनाइ छ । काठमाडौँ आइपुग्न दुईदेखि तीन दिन र काठमाडौँ पुगेको पाँचदेखि सात दिनपछि मात्रै सुदूरपश्चिम क्षेत्रमा पुग्ने देखिएको उनीहरुको भनाइ छ । अघिल्लो वर्षको मनसुन पनि देशभर फैलिन करिब तीन हप्ता लागेको थियो । यो यस वर्ष यही जुन १० तारिखका दिन मनसुन प्रवेश गरेको हो ।  
 

प्रतिक्रिया