निर्माण व्यवसायीको बक्यौता असारसम्म भुक्तानी गर्ने मन्त्री महासेठको प्रतिबद्धता

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने प्रतिवद्धता जनाएका छन । काठमाडौंमा आयोजित युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्माण व्यवसायीहरुको भुक्तानी सरकारले गर्दैन की भनेर शंका गर्ने ठाउँ नरहेको बताएका हुन । मन्त्री महासेठले निर्माण व्यवसायी र सरकारले भुक्तानी गर्ने तथ्यांकमा मेल नखाएको भन्दै निर्माण व्यवसायी महासंघले सरकारले गर्नुपर्ने भुक्तानी कति छ ? त्यसको विवरण सरकारलाई उपलब्ध गराउन आग्रह गरे । 
मन्त्री महासेठले अर्थ मन्त्रालयले रकमान्तर नगरेको भन्दै दोष दिइने गरेको उल्लेख गर्दै अर्थ मन्त्रालय पनि कानूनअनुसार चल्नुपर्ने भएकाले अर्थ मन्त्रायलाई मात्रै दोष दिन नहुने स्पष्ट पारे । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योग धराशायी हुँदा मुलुकको अर्थतन्त्रलाई समस्या परेको उल्लेख गर्दै निर्माण व्यवसायीका माग सम्बोधन गर्न आवश्यक रहेको बताए ।  
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद विक्रम पाण्डेले देशमा अत्याचार बढेको गुनासो गरे । 
उपाध्यक्ष पाण्डेले सही काम गरेर ठूलो उद्योग चलाएर बस्नेहरु बेरुजुमा पर्ने र बाहिर बसेर व्यापार गर्नेहरुमा महालेखा परीक्षक अनुसन्धानका लागि जान नसक्ने स्थिति रहेको गुनासो गरे । 

प्रतिक्रिया