बजेट हेर्दा कर्मचारी र मन्त्री पाल्ने बाहेक भूमि व्यवस्थामा केही छैन : सांसद शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा बताएका हुन् ।

प्रमुख सचतेक शाहीले सो मन्त्रालयको मन्त्री, सचिव लगायतका कर्मचारीको तलब, भत्तालगायतको सेवा सुविधामा मात्रै बजेट विनियोजन भएकाले सो मन्त्रालयको आवश्यकता नरहेको देखिएको जिकिर गरे । ‘खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जग्गा सारिकन पनि खानी चलाउनु’ भन्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्यउपदेश नेपालको भूमिसम्बन्धी नीति भए पनि सरकारले त्यसको अनुशरण गर्न नसकेको भन्दै आपत्ति जनाए ।

प्रमुख सचेतक शाहीले खेतीयोग्य जमिन आज कंक्रिटको सहरमा रूपान्तरित हुँदा पनि सरकारले त्यसको परिचालनका लागि आवश्यक कानुन ल्याउन नसकेको बताए ।

ूकेहीलाई मन्त्री बनाउन र उसको आसेपासेलाई जाखिर खुवाउनेका लागि हो भने भूमि व्यवस्था मन्त्रालयको आवश्यकता छैन । अहिले म बजेट पनि हेर्दै छु । बजेट हेर्दा कर्मचारीलाई पाल्ने, उनीहरूको बैठक भत्ता दिने, अनि मन्त्रीहरू कतै घुम्न गए भने खर्च गर्ने, मन्त्रीले चढ्ने गाडी किन्ने, सचिवले चढ्ने गाडी किन्ने । यहाँभन्दा बढी अरु केही पनि देखिएको छैन,ू उनले भने । 

प्रमुख सचेतक शाहीले सरकारले जमिनको मूल्यांकन गरी त्यसको परिचालन हुने खालको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 

 
 

प्रतिक्रिया

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’

दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’

काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

रतनका ३२ वर्षिय मित्र  कसरी बने   टाटा मोटर्सको महाप्रवन्धक ?

रतनका ३२ वर्षिय मित्र कसरी बने टाटा मोटर्सको महाप्रवन्धक ?

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीक…

‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’

‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’