मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारसँग प्रतिपक्षको कांग्रेसद्वारा जवाफ माग

तयारी सन्तोषजनक नरहेको सत्तारुढ एमालेको पनि भनाइ

प्रमुख प्रतिपक्ष दले नेपाली कांग्रेसले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरेको छ । आज प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरेका हुन । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले औसतभन्दा बढी बर्षा हुन ेआंकलन गरेपनि सरकारले पर्याप्त तयारी नगरेको यादवको भनाइ छ ।  
नेकपा एमालेका सांसद एवं सचिव योगेश भट्टराईले सरकारको विपद्पूर्वतयारी सन्तोषजनक नरहेको बताए । 
सचिव भट्टराईले विपद् प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्याइएको र १५ करोड साधारण खर्च रहेको भन्दै प्राधिकरणले सो बजेटमा कुनै काम गर्नसक्ने अवस्था नरहेको बताए । सांसद ऋषिकेश पोखरेलले सामाजिक सुरक्षा भत्ताका लागि पूर्व तयारीबिना राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा देशभरका ज्येष्ठ नागरिकले दुःख पाएकाले त्यसलाई सहजीकरण गर्न माग गरे ।
सांसद पोखरेलले पूर्वतयारी नगरिँदा अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकले दुःख पाएका उल्लेख गरेका हुन ।

प्रतिक्रिया