अहिलेको समावेशितालाई कुनैपनि शासकवर्गले चाहँदा उखेलेर फाल्नसक्छः यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको समावेशिता शासक वर्गले चाहेसम्म मात्रै रहने किसिमको रहको बताएका छन । सोमवार जनकपुरमा शुरु भएको पार्टीको राष्ट्रिय महाधिवेशनको अवसरमा सम्बोधन गर्दै उनले अहिले केही हदसम्म मात्रै समावेशिता रहेको र समावेशिता कुनै पनि शासक वर्गले चाहेको खण्डमा उखेलेर फालिदिन सक्ने किसिमको रहेको बताएका हुन । अध्यक्ष यादवले मधेसका सीमान्तकृत समुदायलाई पछाडी पार्दा मुलुक कुनैपनि हालतमा विकसित मुलुक तथा समाजवादतर्फ अग्रसर हुन नसक्ने बताए । 
अध्यक्ष यादवले मधेस आन्दोलन नभएको भए मुलुकमा संघियता, गणतन्त्र नेपालमा कहिल्यै नआउने बताउँदै प्राप्त अधिकारहरुलाई संरक्षण गर्नका लागि निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गरे । सोमवारबाट जनकपुरधाममा शुरु भएको जसपा,नेपालको एकताको राष्ट्रिय अधिवेशनको बन्दसत्र आज बिहानबाट शुरु भएको छ । बन्दसत्रमा जसपा नेपालका अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नेछन । जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन भने बुधबारका लागि तोकिएको छ । जसपा नेपालको महाधिवेशनबाट अध्यक्षसहित २० जना पदाधिकारीको निर्वाचन हुनेछ । महाधिवेशनले एकजना अध्यक्ष, एकजना सह–अध्यक्ष, पाँचजना उपाध्यक्ष, दुईजना महासचिव, तीनजना उप–महासचिव, सातजना सचिव र एकजना कोषाध्यक्ष र २ सय १ जना केन्द्रीय सदस्य तथा कार्यकारिणी सदस्य निर्वाचित गर्ने छ । सात सचिवमध्ये प्रादेशिक क्लस्टरका आधारमा व्यवस्था गरिएकोले सातै प्रदेशबाट एक÷एक जना गरी सातजना रहनेछ । करिव दुई हजार प्रतिनिधि महाधिवेशनमा सहभागी रहेका छन । 
 

प्रतिक्रिया