भारतमा प्रधानमन्त्रीलाई प्रान्तको मन्त्री जस्तो व्यवहार, यता बाटै बन्द गरेर तामझाम: ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणले नेपालको बेइज्जत भएको टिप्पणी गरेका छन् । प्रचण्डलाई भारतले उचित सम्मान नगरेको भन्दै सांसद शाहीले नेपालको प्रधानमन्त्री भारत भ्रमणमा जाँदा कुनै प्रान्तको मुख्यमन्त्री जस्तो व्यवहार गरिएको बताए । भारतले प्रधानमन्त्रीलाई गरेको स्वागत पुष्पकमल दाहाल व्यक्तिलाई हो कि सिंगो नेपाललाई ? शाहीले प्रश्न गरेका छन् । तर भारतीय प्रधानमन्त्री नेपाल आउदा भने बाटो बन्द गरेर तामझाम गरिने सांसद शाहीले बताए ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘हाम्रो देशको प्रधानमन्त्री भारत भ्रमण गर्नुहुन्छ, उहाँ व्यक्तिगत पुष्पकमल दाहालको रूपमा नगएर नेपालको सम्माननीय प्रधानमन्त्रीको हैसियतले भारत जानुहुन्छ, भारतले गर्ने सम्मान प्रधानमन्त्रीलाई गरेको सम्मान हो कि सिङ्गो नेपाललाई गरेको सम्मान हो रु त्यो सम्मान हेर्दा यस्तो लाग्छ कि कुनै प्रदेशको मुख्यमन्त्री भारत गइरहेछन्, त्यहाँको प्रधानमन्त्रीको शपथमा हाजिर लगाइरहेछन् । तर भारतमा त्यस्तो हुन्छ तर नेपालमा बाटो बन्द गरेर तामझामका साथ एयरपोर्टमा बाजागाजा हुन्छ ।’
यस्तै सांसद शाहीले गिरीबन्धु टि स्टेटको फाइल, मेलम्ची, वाइडबडी, फोरजी जस्ता ठुला घोटालाको फाइल कहिले खुल्छ भन्दै प्रश्न गरे । उनले जीवी राईलाई छिटो भन्दा छिटो पक्राउ गर्न माग गर्दै नेपाल ठुलो हो कि जीवी राई ठुलो हो रु भन्दै प्रश्न गरे ।

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री ओली
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि
साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
भारी’ अमेरिकी बम जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता
बेलुन विष्फोट घटनाः आठ सदस्यीय छानबिन समिति गठन

प्रतिक्रिया