वागमतीमा श्रमाधान रोजगार मेला लतिपुरमा हुने
सरकारले वागमती प्रदेश स्तरको श्रमाधान रोजगार मेला लतिपुरको पाटनमा गर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वागमती प्रदेश स्तरको श्रमाधान मेला आज ललितपुरको पाटन संयुक्त क्याम्पसको भवनमा हुने जानकारी दिएको हो । छ प्रदेशहरु गरेको श्रमधान मेलाले रोजगारीको खोजीमा रहेका श्रमिकलाई रोजगारदातासँग जोड्ने अवसर प्रदान भएको भन्दै बागमतीको मेलामा पनि रोजगारीको खोजीमा रहेका श्रमिकहरुले सन्तोष लिएर फर्कने विश्वास मन्त्रालयको छ ।
सरकारले गत जेठ १७ गतेदेखि सातै प्रदेशमा श्रमाधान रोजगार मेला सुरु गरेको हो । सोमवार ६ प्रदेशमा मेला सम्पन्न गरी अन्तिम श्रमाधान रोजगार मेला वागमती प्रदेशमा गर्न लागेको हो । मेलामा असी भन्दा बढी रोजगारदाताहरुको स्टल सहित सहभागिता हुनेछ । मेलाले घरपरिवारसँग छुटेर परिवारको सुख र परिवारको सपना पूरा गर्छु भन्दै श्रम गन्तव्य मुलुकमा काम गर्न जानुपर्ने अवस्थालाई कम गरी अब मुलुकमा नै सम्भव छ केही गर्ने अवसर जु¥यो भन्ने सपनालाई सकार बनाउन मद्दत गर्ने दाबी मन्त्रालयको छ ।।
प्रतिक्रिया