सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन् । बैंकको ऋण प्रवाहमा अनियमितता भएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले तत्कालीन अध्यक्ष  श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।

ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ परेका छन् । केही महिनायता बैंकको अनियमितता सम्बन्धि अनुसन्धान गरिरहेको  सिआइबीले यसअघि २०८० फागुनमा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रमुख कार्यकारी अधिकृत रहेका मनोज न्यौपाने र  पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतमलाई पनि पक्राउ गरेको थियो ।

उनीहरू केही समयमा हाजिर जमानीमा छुटेका थिए ।

प्रतिक्रिया