ग्लोवल आइएमइको “डिजिटल युनिभर्स” सञ्चालनमा

ग्लोवल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्नेगरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । आइतबार काठमाडौंमा कमलादीमा ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन ।  ग्लोवल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेलले डिजिटल युनिभर्स नेपालको बैंकिङ उद्योगमा नौलो शुरुवात भएको बताए । 
डिजिटल युनिभर्समा चेक जम्मा गर्ने, नगद जम्मा गर्ने र एटीएम मेसिन जस्ता अत्याधुनिक मेसिनहरु समेत रहेका छन् । यो नेपालमा नै पहिलो पटक ग्लोवल आइएमई बैंकले शुरुवात गरेको हो । बैंकले डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।।
 

प्रतिक्रिया