विश्वकपमा सहभागी हुन वातावरण बनाउने सबैलाई सन्दीपले दिए धन्यवाद

जारी आईसीसी टी–२० विश्वकपमा सहभागी हुन पाएपछि सन्दीप लामिछानेले खुसी हुँदै यस अवसरका लागि वातावरण बनाउने सबैलाई धन्यवाद दिएका छन । अमेरिकाको भिसा नपाउँदा विश्वकप खेल्नबाट वञ्चित भएका सन्दीप वेस्ट इन्डिज पुगेपछि उनले सहयोगीप्रति आभार प्रकट गरेका हुन ।  नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारी तथा बलात्कार मुद्दामा सफाइ दिलाउन बहस गर्ने अधिवक्तालगायतको ठूलो प्रयासबाट सम्भव भएको भन्दै सन्दीपलेसामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिएका हुन । आईसीसी र सम्बन्धित सबै आधिकारिक सञ्जालको समन्वयबाट म यो टी–२० विश्वकपमा भाग लिन सम्भव भएको उनको भनाइ छ । अध्यक्ष चन्द र सचिव खड्काजस्ता हस्तीको छवि धूमिल पार्न भइरहेको प्रयासले आफू दुःखी भएको उनले उल्लेख गरेका छन् । दुईपटक आवेदन दिँदा पनि नेपालस्थित अमेरकी दूतावासले भिसा नदिँदा क्यान अध्यक्षलगायत पदाधिकारीले पहल नगरेको भनी आरोप लगाइएको थियो । तर सन्दीपले अध्यक्ष, सचिवसहित क्यानले अमेरिकी भिसाका लागि सक्दो पहल गर्दागर्दै पनि नमिलेको उनले उल्लेख गरेका छन । उनले अब वेस्ट इन्डिजमा हुने अन्तिम दुई खेलका लागि आफू राष्ट्रिय टोलीमा आबद्ध भएको उल्लेख गर्दै उनले आफू र क्रिकेटप्रेमी सबैको सपना पूरा गर्न तत्पर रहेको दाबी पनि गरेका छन् । 

प्रतिक्रिया