जसपा नेपालको महाधिवेशन आजदेखि जनकपुरमा सुरु हुँदै
जनता समाजवादी पार्टी जसपा नेपालको महाधिवेशन आजबाट जनकपुरमा सुरु हुँदैछ । महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जसपाले जनाएको छ । महाधिवेशन प्रतिनिधिहरू आउने क्रमदेखि अतिथिहरूको व्यवस्थापनसम्मको काम सकिएको जसपा नेपालले जानकारी दिएको छ । महाधिवेशन प्रतिनिधिहरू करिब १ हजार ३ सय हुनेछन् । उनीहरूले २८ जेठभित्र दर्ता भइसक्नुपर्नेछ । मधेशी जनअधिकारी फोरमको ब्यानरमा मधेशी नागरिकको अधिकारका लागि मधेश आन्दोलनको नेतृत्व गरेका उपेन्द्र यादव निरन्तर जसपाको अध्यक्ष रहदै आएका छन । यो पटक पनि उनी नै अध्यक्ष हुने निश्चित जस्तै छ । राजकिशोर यादव, रकम चेम्जोङ र लालबाबु राउत सहअध्यक्षको आंकाक्षी छन मनिष सुमन, प्रकाश अधिकारीहरू पनि महासचिवको दाबेदारमा देखिएका छन् । त्यसैगरी, भर्खरै माओवादीबाट प्रवेश गरेका रामकुमार शर्मा पनि महासचिवका दाबेदार रहेका जसपा नेपालका नेताहरूको भनाइ छ ।
प्रतिक्रिया