कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा पुर्पक्षका लागि कारागार चलान
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर तामाङ सीबी लामा पुर्पक्षका लागि कारागार पठाइएका छन् । कान्तिपुर सेभिङका पूर्वअध्यक्ष लामालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागारमा राखिएको छ । लामा १८ जेठमा चितवनबाट पक्राउ परेका थिए । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको थियो । कान्तिपुर सेभिङमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरीले सोही बमोजिम बिगो कायम गरेर सरकारी वकिल कार्यालय मार्फत अदालतमा मुद्दा दायर गरेको छ । लामा सहितका सञ्चालकविरुद्ध ८५२ जना बचतकर्ताले जाहेरी दिएका छन् । हकारीको रकम अपचलन गरेको कसुरमा कान्तिपुरका अध्यक्ष हिमाल विक्रम मल्ल पनि कारागारमा थुनामा छन् । ५४ वर्षीय हिमालय विक्रम कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–९ का स्थानीय हुन् । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका थप ६ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कान्तिपुर सेभिङ्गका कोषाध्यक्ष प्रेमध्वज लामा, सचिव जोगलाल लामा, सदस्यहरू सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा र देवराज पराजुलीविरुद्ध पुर्जी जारी भएको हो ।
प्रतिक्रिया