प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन उनी दिल्ली गएका हुन् । प्रधानमन्त्री दाहाललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतिय विदेश मन्त्रालयका अधिकारी पी. कुमारनले स्वागत गरेका थिए।। मोदीले आज बेलुका सवा ७ बजे राष्ट्रपति भवनमा विशेष समारोहबीच तेस्रो कार्यकालका निम्ति शपथ लिँदै छन् ।  

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना पनि दिल्ली गएका छन् । प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कने तय छ ।

प्रतिक्रिया