नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि उप-अनुसन्धान निर्देशक बनेका चौधरीविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रिय अनुसन्धान विभागको उप-अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीविरुद्ध मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी बढुवा नियुक्ति लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले सेवा प्रवेशका साथै बढुवाको लागिसमेत नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको अख्तियारको भनाइ छ ।
चौधरीले भारतको मगध विश्वविद्यालय, बोधगयाबाट बि.ए. उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी विभागमा अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिएर हाल विभागको उप-अनुसन्धान निर्देशक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारले चौधरीलाई कैद र जरिवाना सजायको माग गरेको छ ।
प्रतिक्रिया