सुमनालक्षित अभिव्यक्तिमा ओलीको प्रष्टीकरण: त्यो कसैसँग सम्बन्धित छैन, नाम-ठेगाना मिलेजस्तो लाग्दैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दिएको अभिव्यक्ति शिक्षा मन्त्री सुमना श्रेष्ठसँग सम्बन्धित नभएको प्रष्टीकरण दिएका छन्। शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूले कसैसँग पनि अनावश्यक विवादमा गर्न नचाहेको बताए ।

केही समयअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्ने ओलीले अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री श्रेष्ठले पनि त्यसको प्रतिवाद गरेकी थिइन्। ओलीप्रति लक्षित गर्दै श्रेष्ठले महिलालाई हेर्ने मानसिकता विकराल रहेको बताएकी थिइन्।ओलीले दिएका अभिव्यक्तिप्रति रास्वपा सांसद शिशिर खनालले प्रतिनिधि सभा बैठकमै कुरा राखेका थिए।

तर, ओलीले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूलाई कुरा गर्दै आफूलाई त्यसमा जोड्नुको अर्थ नहुने बनाए। त्यसबारे उनले भने, ‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ।’

प्रतिक्रिया