झापा र इलाममा वन फडानी संगै चोरी तस्करी बढ्दो
झापा र इलामका वन जङ्गलमा वन फडानीसंगै चोरी तस्करी बढेको छ । काठ बिक्री आरोपमा डिभिजन वन कार्यालय झापाले दक्षिणी क्षेत्र कचनकवल गाउँपालिका–७ को पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित आठ जनालाई पक्राउ गरेसंगै तस्करी बढेको खुल्न आएको हो । स्थानीय र वन पदाधिकारीहरु कर्मचारी तथा तस्करसंग सांठगांठ गरेर काठ तस्करी हुंदै आएको बताउछन ।
काठ बिक्रीसँगै वनमा अनियमितता गरेको आरोपमा अनुसन्धानका लागि वन पदाधिकारीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
वन फडानी र काठ बिक्रिमा वन कर्मचारीको मिलेमत्तो कार्यालयले अस्वीकार गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले काठ तस्करी नियन्त्रणमा सबै सुरक्षा संयन्त्र परिचालन गरिएको र काठ तस्करीमा संमलग्नलाई कानुनी कारवाही हुने जनाएको छ ।
झापा र इलामका वनजङ्गलमा काठको अवैध तस्करी बढेको प्रहरीको तथ्याङ्कले पनि यो पुष्टि गर्छ । चालु आर्थिक वर्षको १० महिनामा दुई जिल्लाका विभिन्न स्थानबाट छ सय ९१ क्युविक फिट काठ प्रहरीले बरामद गरेको छ । त्यसमा प्रयोग भएका ८ वटा सवारी साधन र त्यसमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया