सफा हिमाल अभियानमा ११ टन फोहोर, चार मानव शव संकलन

नेपाली सेनाको पचपन्न दिने सफा हिमाल अभियान अन्तर्गत यो बर्ष एघार टन फोहोर, चार वटा मानव शव र एक अस्थिपञ्जर संकलन भएको छ । प्रतिकुल मौसम तथा विषम परिस्थितिका बाबजुत सेनाले फोहोर र बेवारिसे शव र अस्थिपञ्जर संकलन गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रधानसेनापति प्रभुराम शर्माले अभियानले अन्तर्राष्ट्रिय रुपमा नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिवद्धतालाई सम्बोधन गरेको दाबी गरे । 
प्रधानसेनापति शर्माले पचपन्न दिनसम्म सञ्चालित अभियानमा अभियानमा कति मात्रामा फोहोर संकलन भयो भन्नेकुराले मात्र अभियानको महत्व उजागर गर्न नसक्ने समेत उल्लेख गरे । एक लाख फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको उनको भनाइ थियो । प्रकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा बिरलै देशमा मात्रै हुने गरेको समेत प्रधान सेनापति शर्माले बताए । सफा हिमाल अभियानले आवश्यक पर्दा उच्च हिमाली क्षेत्रमा हुनसक्ने विपद् तथा अन्य अवस्थामा परिचालन हुनुपरे नेपाली सेनालाई तालिम पनि दिएको उनको भनाइ थियो । 

प्रतिक्रिया