बजेट सम्बन्धि प्रतिनिधि सभाको छलफल जारी, अर्थमन्त्री प्रश्नहरुको जवाफ दिने कार्यसूचि
प्रतिनिधि सभाको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान बजेट माथि छलफल आजपनि जारी छ । आजै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई प्रस्तुत गर्ने कार्यसूची पनि छ ।यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।आजै राष्ट्र ऋण उठाउने विधयेक प्रस्तुत गरिने छ । यस्तै भन्सार महसुल विधेयक, २०८१ प्रस्तुत गरिने संसद् सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ ।।
प्रतिक्रिया