बीपी स्वास्थ्य प्रतिष्ठानस्थित रक्त सञ्चार सेवामा रगत अभाव

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्त सञ्चार सेवामा रगत अभाव भएको छ । रगत अभाव भएकै कारण रक्त सञ्चार सेवाले रक्तदानको घुम्ती शिविर शुरु गरेको छ । विषम् परिस्थितिमा विरामीको ज्यान बचाउन आवश्यक भएकोले सबैलाई रक्तदान गर्न स्वास्थ्यकर्मीले आह्वान गरेका छन । 
छाताचौकमा रहेको आकस्मिक रक्तदान कार्यक्रममा सर्वसाधारण सहित विद्यालयका विद्यार्थीहरुले समेत रक्तदान गरेका छन् । रक्त सञ्चार सेवाले आवहान नै गरेर आयोजना गरेको रक्तदान कार्यक्रमा  विद्यार्थीहरुलाई समेत समावेश गरिएको  हो । 
धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिस्ठानमा विरामीलाई चाहिने सबै ब्लडग्रुपको रगत पर्याप्त नहुदा अस्पतालमा आएर शल्यक्रिया गर्ने, प्रसुति गृहमा चाहिने रगत समेत उपलब्ध छैन । अहिले प्रतिष्ठानभित्र सञ्चालन भएको रक्तसञ्चार सेवामा ओ पोजेटिभ ग्रुपको रगत बाहेक अरु कुनै रगत छैन । रगत अभाव भए पनि रगतको आवश्यकता भने उच्च रहेको छ । अस्पतालमा दैनिक पाँच हजार विरामी उपचारका लागि पुग्ने गर्दछन ।
 

प्रतिक्रिया