रास्वपाका सांसदहरु राष्ट्रिय टीमको जर्सी लगाएर संसद बैठकमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू नेपाली राष्ट्रिय टीमको  जर्सी लगाएर संसद बैठकमा  सहभागी भएका छन् । नेपाली टीमको हौसलाका लागि आफूहरू संसद बैठकमा नेपाली टीमको जर्सी लगाएर आएको सांसदहरुले प्रतिक्रिया दिएका छन् ।  

रास्वपाका सबै सांसदहरू जर्सीसहित संसदमा जाँदा अन्य दल र स्वतन्त्र सांसदहरू भने अरु दिनझैँ औपचारिक पोसाकमा पुगेका थिए । नेपालले आईसीसी विश्वकपमा मंगलबार नेदरल्याण्डको सामना गर्दैछ । दोस्रो पटक आईसीसी टी–२० विश्वकपमा सहभागी भएको नेपालको सफलताका लागि राष्ट्रपति र प्रधानमन्त्रीसहित दलका नेताहरूले पनि शुभकामना दिइसकेका छन् ।

प्रतिक्रिया