काठमाडौं महानगरले टी-टवान्टी विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा टी– टवान्टी विश्वकप क्रिकेट खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।  यी स्थानहरूमा खेल हेर्न कुनै शुल्क तिर्नु नपर्ने महानगरले जानकारी दिएको छ । प्रदर्शनस्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ । टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको सांगीतिक प्रस्तुति पनि रहने महानगरले जानकारी दिएको छ।

प्रतिक्रिया