हमासद्वारा बन्धक बनाइएका थप चार जनाको मृत्यु

हमासद्वारा अक्टोबर ७ मा बन्धक बनाइएका थप चार जना बन्धकको मृत्यु भएको पुष्टी भएको छ।  इजरायलको दक्षिणी गाजाको खान युनिसमा इजरायली कारवाहीका क्रममा चारैजना सँगै मारिएको र उनीहरुको शव अझै पनि विद्रोहीहरूले आफनो कब्जामा राखेको इजरायली डिफेन्स फोर्सले आइडिएफले पुष्टी गरेको हो । मारिेनेमा बेलायती नागरिक ५१ वर्षीय नादाभ पोपलवेल, ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेट्जगर र ८५ वर्षीय अमिरम कुपर रहेका छन् । आईडीएफका प्रवक्ता रियर एडम ड्यानियल हगारीका अनुसार हमासले गत डिसेम्बरमा अन्य तीन जनालाई देखाइएको भिडियो जारी गरेको थियो भने नादाभ पोपलवेलको अप्रिलमा इजरायली हमलामा मृत्यु भएको दाबी गरेको थियो । चारैजना बन्धकहरूलाई अक्टोबर ७ मा गाजा पट्टीनजिकै किबुट्जबाट अपहरण गरिएको थियो । हमासको कब्जामा रहेका एकजना नेपाली सहित करिब १ सय २० बन्धकहरूको अवस्था भने अझै अज्ञात छ।
 

प्रतिक्रिया