बजेटमाथिको छलफल सुन्दा वाक्क लागेर निदाएछु : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बजेटमाथिको छलफल चल्दै गर्दा दिक्क लागेर आफू एकछिन निदाएको बताएका छन्। प्रतिनिधि सभामा सोमबार बजेटमाथि छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  केसीले अर्थमन्त्रीले पेस गरेको बजेट जति छलफल गरे पनि तलमाथि नहुने भएकोले छलफल औचित्यहीनजस्तो देखिएको बताए।

‘यहाँ जति उफ्रे पनि सत्तापक्षले पेस गरेको बजेट एक सुका, एक आना तलमाथि गर्न नपाइने, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य लाग्न छाड्यो,’ केसीले भने, ‘आज यही छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु एकछिन। यस्तो पो हुन गयो। रमाइलो छैन संसद, दिक्क लाग्दो छ।’

सरकारले समाजवादउन्मुख बजेट ल्याएको भनेको तर योजनाहरु पुँजीवाद उन्मुख रहेको केसीले बताए ।

प्रतिक्रिया