१० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्काउनु माननीय केपि ओलीज्यू । बालेन

जनतालाई भुलाउन राज्यशक्ति लगाएको जिकिर

काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले गिरीबन्धु टी स्टेट प्रकरणमा केपी शर्मा ओलीप्रति पुनः व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सामाजिक सञ्जालमार्फत् एउटा काण्ड लुकाउन अर्काे काण्ड गरेर जनता नझुक्याउन आग्रह गरेका हुन ।  १० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन उनले भनेका हुन । नगरप्रमुख साहले गिरीबन्धुको काण्ड लुकाउन र जनतालाई भुलाउन ओलीले राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थालेको बताए । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो भएको भन्दै उनले रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउन भनेका हुन । बालेनले समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्न पनि अनुरोध गरेका छन । साथै उनले साँच्चैको नयाँ कोही आइ फाइल पल्टाएर तपाईंलाई जेल हाल्ला भनेर व्यङ्ग्य पनि गरेका छन्।
 

प्रतिक्रिया