टी–२० विश्वकपः सुपर ओभरमा नामिबियासँग ओमान स्तब्ध

नामिबियाले आइसिसी ट्वान्टी–२० विश्वकपमा विजयी सुरुआत गरेको छ । बार्बाडोसस्थित केन्सिङ्टन ओभलमा आज नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गर्यो । जितसँगै नामिबियाले दुई अंक जोडेको छ ।बला खानको सुपर ओभरमा डेविस विसेले समान समान एक चौका र छक्काको मद्दतले डेविड विसेले १३ रन बनाए। कप्तान जोरार्ड इरस्मसले दुई चौका सहित आठ रन जोडे । २२ रनको लक्ष्य पछ्याएको ओमानले १० रन मात्रै बनाउन सक्यो। । ओमानका जिशान मक्शुदले एक छक्कासहित सात रन बनाए ।  नसिम खुसी दुई रन बनाएर विसेबाट बोल्ड भए भने कप्तान अकिब इल्यासले एक रन बनाए । त्यसअघि ओमानले प्रस्तुत गरेको ११० रनको लक्ष्य नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट लिइएको हो । त्यस्तै आज दोस्रो खेल श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ । न्युयोर्कस्थित नास्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल राति ८ः१५ बजेदेखि शुरु हुने छ । श्रीलंका र दक्षिण अफ्रीकाबीच अहिलेसम्म १७ टी–२० खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले अहिलेसम्म १२ खेल जितेको छ भने श्रीलंकाले ५ खेलमा जित हासिल गरेको छ ।

प्रतिक्रिया