कार्यकर्तालाइ प्रतिगामी सोचको विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन ओलीको निर्देशन

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी सोचको विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन पार्टीका युवा–विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । राष्ट्रिय युवा संघ,  नेपालले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले प्रतिगामीहरुले गरेका गलत प्रचारको खण्डन हुनेगरी प्रचार अभियानको नेतृत्व लिन पार्टीमा आवद्ध युवा–विद्यार्थीहरु निर्देशन दिएका हुन् । उनले प्रतिगामी तत्वहरु मुलुकमा फेरि फर्कने सम्भावना नरहेको उल्लेख गर्दैै त्यस्ता खालको गलत प्रचारको पछि कोही पनि लाग्न नहुने बताए । अध्यक्ष ओलीले जिम्मेवार भएर सामाजिक सञ्जालको प्रयोग गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देश दिए । 
अध्यक्ष ओलीले एमाले मिसन–२०८४ को पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने काममा लाग्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान पनि गरे ।


 

प्रतिक्रिया