चर्चित आरोही निर्मल पुर्जामाथि महिला आरोहीद्धारा यौन दुर्व्यवहारको गम्भीर आरोप

काठमाडौ । चर्चित आरोही निर्मल पुर्जामाथि महिला आरोहीहरूले यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएका छन् । पूर्व मिस फिनल्याण्ड लोट्टा हिन्टसा र डा. अप्रिल लियोनार्डोले आफूहरूलाई पुर्जामाथि यौन दुर्व्यवहारको आरोप लगाएका हुन । ‘द न्युयोर्क टाइम्स’ ले हिमाल आरोहणका क्रममा उनीहरूले पुर्जाबाट दुर्व्यवहार भोगेको विवरण सार्वजनिक गरेको हो । सन् २०१९ मा प्रकाशित आफ्नो संस्मरणमा नै हिन्टसाले आफू ‘एक चर्चित आरोही’ बाट दुर्व्यवहारमा परेको उल्लेख गरेकी छिन । त्यस्तै, डा. अप्रिल लियोनार्डोले पनि पुर्जाले आफूलाई जबरजस्ती समाएर चुम्बन लिएको दाबी गरेकी छन् । केटू हिमाल आरोहणमा पुर्जा उनको गाइड थिए । सोही समयमा यो घटना भएको उनको भनाई छ । यता निम्सले आफ्नो इस्टाग्राम को स्टोरीमा एक पोस्ट हाल्दै आफूले कुनै पनि गल्ती नगरेको बताउँदै गरिएका दाबीहरू झुटो भएको बताएका छन् । उनले पत्रिकालाई यसअघि नै आफूमाथि लगाइएको आरोप साँचो नभएको प्रमाण दिएको पनि जिकिर गरेका छन् ।  पुर्जाले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । उनले यस विषयमा सत्य तथ्य बाहिर आउने आशा व्यक्त गर्दै कानुनी उपचारको तयारी गरिरहेको जानकारी दिएका छन् । सन् २००८ मा रेकर्ड समयमा विश्वका ८ हजार मिटर माथिका १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेपछि पुर्जा चर्चामा आएका थिए । उनले हाल हिमाल आरोहणसम्बन्धी कम्पनी नै चलाएर बसेका छन् ।

प्रतिक्रिया