सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण छन्ः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताएका छन । आज काठमाडौंमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै उनले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको बताएका हुन । अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको भन्दै अध्यक्ष नेपालले भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रिएको दाबी गरे । 
अध्यक्ष नेपालले समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको बताए । आफूहरु नेपालको राजनीति सहज ढंगले अघि बढ्नुपर्ने पक्षमा रहेको पनि उनले जानकारी दिए । नेतृत्वमा बस्नेहरुले जनताको चाहना, पीडा र वेदनालाई सम्बोधन गर्न आवश्यक रहेको बताए । अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पु¥याउन जरुरी रहेको बताए। 
 

प्रतिक्रिया