एकसठ्ठी जिल्लामा डेङ्गु सङक्रमण, एक हजार ७ जना बिरामी फेला
अघिल्ला वर्षमा महामारीकै रूपमा फैलिएको डेङ्गु रोगको सङक्रमण यस वर्ष पनि प्रकोपकै रूपमा देखिएको छरु। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा डेङ्गु रोग सङक्रमण पुष्टि भएको छरु। जनवरी अर्थात पुस–माघ यता एक हजार सात जना डेङ्गुका बिरामी भेटिएका छन । मन्त्रालयले डेङ्गुको जोखिम हुने जिल्लाको पहिचान गरेर लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिएको छ । स्थानीय तहले डेङ्गु अझै बढ्ने हुँदा लामखुट्टे नियन्त्रण गर्ने र डेङ्गुबाट जोगाउने अभियान चलाइएको हो । घरमा पानी जम्ने खाल्टाखुल्टी नराख्ने र पूरा बाउला भएको कपडा लगाउनुपर्ने चिकित्सकको भनाइ छ । चिकित्सकहरुले आफ्नो घरमा भएको टायर व्यवस्थित गर्ने, जथाभाबी नफाल्ने, पानी जम्मा गर्ने भाँडा बेला बेलामा सफा गर्न पनि आग्रह गरेका छन । नेपालमा सन् २०१९ मा १७ हजार ९९२ जनामा डेङ्गु पुष्टि भएको थियोरु। सन् २०२० मा ५३०, सन् २०२१ मा ५४०, सन् २०२२ मा ५४ हजार ७८४ जनामा डेंगु पुष्टि भएको थियो । सन् २०२३ मा ५१ हजार २४३ जनामा डेङ्गु पुष्टि भएको महाशाखाले जनाएको छरु। सन् २०२२ मा नेपालमा डेङ्गुबाट ८८ जना र सन् २०२३ मा २० जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया