दक्ष कर्मचारी अभाव र नयाँ कार्यशैलीले स्थानीय तहमा बेरुजु बढ्यो: महालेखापरीक्षक

महालेखापरीक्षक तोयम रायाले दक्ष कर्मचारी अभाव र नयाँ कार्यशैलीमा गएका कारण स्थानीय तहमा बेरुजु बढेको बताएका छन ।  केही स्थानीय तह शुन्य बेरुजु भएका पनि रहेको उल्लेख गर्दै उनले सबै बिग्रियो भन्दा पनि बेरुजु बिस्तारै सुधार भइरहेको रुपमा बुझ्न जरुरी रहेको बताए । महालेखा परीक्षक रायाले बेरुजु सुधार गर्न स्थानीय तहमा पर्याप्त दरबन्दी  र क्षमता सुधार हुनुपर्नेमा जोड दिए ।
महालेखा परीक्षक रायाले चालु वर्षमा नेपाल सरकारको बेरुजु करिव ९५ अर्ब रुपैयाँ थपिएकोमा चिन्ता समेत प्रकट गरे । गत वर्षको अनुपातमा अहिले सरकारको बेरुजु घटेको उनको भनाइ  छ । ७८ खर्बको कारोबार हुँदा ९५ अर्ब रुपैयाँ बेरुजु थपिनुलाई निरुन्तर प्रक्रियाको रुमपा लिन आवश्यक रहेको महालेखा परीक्षक रायाले बताए ।  ९५ अर्बको बेरुजु आत्तिहाल्नुपर्ने विषय नरहेको उनको भनाइ छ । आर्थिक वर्ष २०७९÷०८० को लेखापरीक्षण बुझाएपछि ४३ अर्ब रुपैयाँ पैसा असुली भएको छ  । महालेखा परीक्षकको कार्यालयकाअनुसार गत आर्थिक वर्षको असारमसान्तसम्म संघ प्रदेश र स्थानीय तहसहित सबै सार्वजनिक संस्थानको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । त्यसमध्ये नियमित गर्नुपर्ने बेरुजु ६८ प्रतिशत, असुल गर्नुपर्ने बेरुजु २४ प्रतिशत र पेश्कि ६ प्रतिशत रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया