मधेस प्रदेशमा सत्ता समीकरणकै आधारमा सरकार बन्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस प्रदेशमा केन्द्रिय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताएका छन । आज विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केन्द्रको समीकरण भन्दा बाहिर गएर मधेस प्रदेशमा पनि अर्को सरकार नबन्ने दाबी गरेका हुन । प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रुपले नलिएको पनि बताए । अध्यक्ष नेपाल पहिलाबाटै कहिले यता र उता जोडिने जस्तो देखिएपनि अहिलेको समीकरण भन्दा बाहिर नजानेमा स्पष्ट रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले कोशी प्रदेशलाई बजेट कम भयो भन्नेकुरा सही नभएको स्पष्ट पारे । प्रदेशको आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेट विनियोजन गरेको उनको दाबी थियो ।
प्रतिक्रिया