मापसे गरेर कारबाहीमा परेकाहरुलाई ट्राफिकसँगै सडकमा खटाइयो

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर कारबाहीमा परेका सवारी चालकलाई स्वयंसेवकको रूपमा सडकमा खटाइएको छ ।बुधबार मापसे गरेर कारबाहीमा परेका ६ सय ४ जनालाई मापसे कक्षा पछि सडकमा स्वयंसेवकको रूपमा खटाइएको हो । उनीहरुलाई उपत्यकाको विभिन्न नौ ठाउँमा खटाइएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा फेसबुक स्टाटस लेख्दै महिनावारी भएका ट्रफिक प्रहरीलाई चारदिन सडकमा नखटाइने र त्यसको साटो मापसे गरेका सवारी चालकलाई खटाइने बताएका थिए ।त्यसको एकदिन पछि नै उनको स्टाट्सलाई ट्राफिक प्रहरीले कार्यान्यनमा ल्याएको हो । 

 

प्रतिक्रिया