सिरोहियाको मेडिसिटी अस्पतालको सीसीयूमा उपचार सुरु

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट सीसीयूमा उनको उपचार सुरु गरिएको हो । थप उपचारका लागि जनकपुरधामबाट मंगलबार काठमाडौं ल्याइएको थियो । नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेका सिरोहिया धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेको ४ दिनपछि बिरामी भएका थिए । जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत मंगबार दिउँसो काठमाडौँ ल्याइएको हो ।सिरोहियाविरुद्ध सोमबार तेस्रोपटक तीन दिनको म्याद थप गरिएको थियो । तेस्रो पटक थपिएको म्याद पनि आज सकिदै छ । 

प्रतिक्रिया