राजनीतिक कारणले सार्क अघि बढ्न सकेन: केके अग्रवाल

दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवालले सार्क अघि बढ्न नसक्नुमा राजनीतिक कारण रहेको बताएका छन । पत्रकारसँग कुरा गर्दै उनले समस्या समाधानका लागि राजनीतिक तहबाटै संवाद जरुरी रहेको पनि बताएका छन । अध्यक्ष अग्रवाल सार्कको गतिविधि शुन्य हुनु भारतको उपेक्षा मात्र कारण नभइ समग्र दक्षिण एशियाको राजनैतिक नेतृत्व जिम्मेवार रहेको बताउछन । 
अध्यक्ष अग्रवालले सार्क राष्ट्रका राष्ट्रप्रमुखहरु एउटै मञ्चमा उभिएमा मात्रै पनि जारी गतिरोध अन्त्य हुनेपनि स्पष्ट पारेका छन । सार्क शिखर सम्मेलन हुन नसकेको विषय राजनैतिक नै भएको तर्क गर्दै अध्यक्ष अग्रवालले एकै ठाउँमा सबै सदस्य उभिएर मात्र समाधान निस्कने बताउनु भयो । सार्क राष्ट्रहरु एकै ठाउँमा आउन नसक्दा आठ देश संलग्न विश्वकै पहिलो विश्वविद्यालय समेत समस्यामा परेको उनको भनाइ छ । २०१६ मा पाकिस्तानको इस्लामावादमा तय भएको सार्क शिखर सम्मेलन हालसम्म हुन सकेको छैन । त्यसयता दक्षिण एशियाली राष्ट्रहरुको सहयोग र सहकार्यको संगठन सार्कको शिखर सम्मेलन अनिश्चित छ । सार्कस्तरीय गतिविधिहरु पनि ठप्प नै देखिन्छन् । कतिपयले यस अवस्थालाई सार्क कोमामा पुगेको पनि भन्ने गरेका छन् । नेपाल अध्यक्ष राष्ट्र भएपनि उसले गतिरोध अन्त्यका लागि पहल गर्न सकिरहेको छैन । 
 

प्रतिक्रिया

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’

दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’

काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

रतनका ३२ वर्षिय मित्र  कसरी बने   टाटा मोटर्सको महाप्रवन्धक ?

रतनका ३२ वर्षिय मित्र कसरी बने टाटा मोटर्सको महाप्रवन्धक ?

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीक…

‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’

‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’