प्रहरीकै संरक्षणमा बसपार्क वरपरका होटलमा देहव्यापार मौलायो

झापाको बिर्तामोडस्थित बसपार्कमा रहेका होटलमा देहव्यापार मौलाएको छ । होटलहरुमा प्रहरीकै संरक्षणमा देह व्यापार हुने गरेको गुनासो स्थानीयले गरेका छन् ।  यौनकर्मी तथा यौन व्यवसाय गर्नेलाई कारबाही गरेर तह लगाउनुको साटो प्रहरीको संरक्षणमा निर्वाधरुपमा देह व्यापार मौलाएको स्थानीयको गुनासो छ । 
 बिर्तामोड बसपार्क सहित झापाका बिभिन्न बजार क्षेत्रमा रहेका होटलमा यौनजन्य गतिविधि हुन्छन् भन्नेमा प्रहरी बेखबर छैन । तर अघोषित रुपमा सञ्चालित ती क्षेत्रहरुमा प्रहरीकै मजबुत संरक्षण छ । सरोकारवाला निकाय पनि होटलमा हुने गरेका अनैतिक गतिविधिले गर्दा बदनामी हुंदै गएको बताउंछन् ।  
बसपार्क क्षेत्रमा रहेका करिब २ दर्जन बढी होटलमा  महिला यौन कर्मीहरु राखेर तथा कन्ट्याक्टमा राखेर देह व्यापार गर्दै आएको बताइन्छ । प्रहरीले संरक्षण गरिरहेका त्यस्ता होटलमा भने बाहिर सटर तथा  ढोका बन्द गरेर भित्र देह ब्यापार भैरहेको स्थानीयको आरोप छ ।। 
 

प्रतिक्रिया