पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन

सरकारले पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

यो राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल र कमला-कञ्चनपुर खण्ड चार लेनमा विस्तार गर्ने काम आगामी आर्थिक वर्ष २०८१/८२ मा सकिने अर्थमन्त्री वर्षमान पुनले बताए।

कमला-ढल्केबर, पथलैया-नारायणघाट, बुटवल-गोरूसिंगे र भालुवाङ-लमही सडक खण्ड स्तरोन्नती सुरू गरिने पनि उनले उल्लेख गरे।

सडक पूर्वाधारलाई सुरक्षित, दिगो र गुणस्तरीय बनाउने अर्थमन्त्री पुनले बताए। 

प्रतिक्रिया