बजेट मार्फत युवापुस्तामा आधारित हुने अर्थमन्त्रीको दाबी

अर्थमन्त्री वर्षमान पुनले नयाँ आर्थिक वर्षको बजेट मार्फत युवापुस्तामा आधारित हुने दाबी गरेका छन् । संघीय संसद्मा आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले अर्थतन्त्रमा लामो समयदेखि सङ्कुचन रहेको र पुँजीगत खर्च गर्न नसकेका कारण समस्या भइरहेका बताए । उनले नेपालको अर्थतन्त्रले नयाँ पुस्ता अनुसारको बजेट माग गरेको पनि बताए ।  उनले बजेट मार्फत युवापुस्ता अनुसार कौशलयुक्त ज्ञान, नवप्रवर्तन र उद्यमशीलता बढाउन आवश्यक रहेको  बताए ।

प्रतिक्रिया