जनताले  गणतन्त्रको अनुभुति गर्न नपाएको राजेन्द्र महतोको दावी

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले देशमा गणतन्त्र आएपनि जनताले त्यसको अनुभुति गर्न नपाएको दावी गरेका छन । वीरगंजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिर्वतन नभएको जिकिर गरेका हुन । संयोजक महतोले  नेपाल सवै नेपालीको लागि बन्नै नसकेकोमा चिन्ता समेत व्यक्त गरे । उनले नेपालको शासन नश्लिय चिन्तन सोचबाट चलेको आरोप लगाउदै रक्षकनै  भक्षक हुदा देशमा समस्या भएको आरोप लगाए ।
संयोजक महतोले उत्पीडनमा परेका सबै समुदायको हितको लागि देशमा क्रान्तिको आवश्यकता रहेको बताउदै छिटै देशभरिनै परिर्वतन र मुक्तिको निम्ति आन्दोलन गर्ने बताए ।  राष्ट्रिय मुक्ति क्रान्तिले जेठ ७ गतेबाट दोस्रो चरणको अभियान शुरु गरिएको जानकारी उनले दिए ।  दोस्रो चरण अन्र्तगत एक महिनामा हिमाल ,पहाड र तराईमा बिभिन्न कार्यक्रम गर्ने उनको भनाइ थियो ।। 

प्रतिक्रिया