रफाहमा शिविरको आक्रमणमा इजरायलले माग्यो माफी

घटनाको अनुसन्धान गर्ने प्रधानमन्त्री नेतान्याहुको प्रतिबद्धता

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले  गाजा क्षेत्रमा पर्ने रफाहको शरणार्थी शिविरमा गरेको आक्रमणप्रति दुःख प्रकट गरेकमा छन । ४५ जनाको ज्यान गएपछि इजरायलका प्रधानमन्त्री नेतन्याहुले सो घटनालाई दुःखद् दुर्घटना भनेका छन् । आक्रमणपछि अन्तर्राष्ट्रिय स्तरमा तीव्र आलोचना भएपछि उनले घटनाको अनुसन्धान गरिरहेको जनाएका हुन् ।रफाहमा हामीले १० लाख जनालाई बचाएको र सर्वसाधारणलाई क्षति नपुगोस भनेर कोशिस गरेको दाबी पनि उनको छ । नेतन्याहुले भने गाजा क्षेत्रका नागरिकलाई रक्षाका लागि हर सम्भव कोसिस गरिरहेको जनाएका हुन । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले इजरायलले रफाहको शरणार्थी शिविरमा आक्रमण गर्दा ४५ जनाको मृत्यु भएको र सयौं घाइते भएको जनाएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।इजरायललाई गाजामा आक्रमण रोक्न विभिन्न देशहरुले दबाब दिँदै आएका छन् । तर उनले भने हमासलाई निमिट्यान्न पार्ने लक्ष्य पूरा नहुँदासम्म युद्ध नरोकिने दोहोर्याएका छन् । गत ७ अक्टुबरमा हमासले इजरायलमा आक्रमण गर्दा करिब १४ सय जना मारिएका थिए । त्यसपछि इजरायलले थालेको सैन्य कारबाहीको क्रममा हालसम्म ३४ हजार भन्दा धेरैको ज्यान गइसकेको छ  । मृत्यु हुनेमा धेरै महिला र बालबालिकाहरु छन् ।
 

प्रतिक्रिया